Widgets

लोकमान र कोयोदेवीमा समस्या देखियो : शीतलनिवास

Unknown | 15:52 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२३ वैशाख, काठमाडौं । संवैधानिक परिषदले सिफारिस गरेका तीनवटा संवैधानिक अंगका प्रमुखहरुमध्ये माओवादी कोटामा परेका दुईजनामा संवैधानिक अड्चन देखिएको शीतलनिवासको प्रारम्भिक अध्ययनबाट खुलेको छ । आइतबार संवैधानिक परिषदले अख्तियार प्रमुखमा लोकमानसिंह कार्की, लोकसेवा प्रमुखमा कोयोदेवी यमी र महालेखा परीक्षकमा भानुप्रसाद आचार्यको नाम सिफारिस गरेको थियो ।
सिफारिस गरिएका तीनमध्ये एमाओवादी कोटामा परेका कार्की र यमीको नाममा संवैधानिक अड्चन देखिएको शीतलनिवास स्रोतले बतायो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा सिफारिस गरिएका पूर्वमुख्यसचिव कार्कीलाई जनआन्दोलन विरोधी भन्दै नागरिक समाज र एमाले लगायतका दलहरुबाट चर्को विरोध आएको छ । संवैधानिक परिषदले सिफारिस गरेकै दिने केही वकिल र नागरिक अगुवाले राष्ट्रपतिलाई भेटेर कार्कीलाई नियुक्त नगर्न दबाव दिएका छन् ।
कार्कीविरुद्ध चर्को दबाव
आलोचकहरुले संविधानतः कार्कीको सेवाअवधि २० वर्ष नपुग्ने जिकिरसमेत राष्ट्रपतिसमक्ष गरेका छन् । राष्ट्रपतिले पनि संविधान र कानूनअनसार अघि बढ्ने आश्वासन दिनुभएको छ । त्यसैगरी सोमबार नेकपा एमालेका महासचिवको नेतृत्वमा ठूलो टोलीले राष्ट्रपतिलाई भेटेर कार्कीलाई अख्तियार प्रमुख बनाउनु जनभावना एवं लोकतन्त्रको मूल्य विपरीत हुने जनाऊ दिएको छ । एमाले नेताहरुसँग कुरा गर्दै राष्ट्रपतिले आफूले संविधान र कानूनका साथै जनभावनाको पनि ख्याल गर्ने बताउनुभएको छ । ‘राष्ट्रपतिले संविधानको परिधि र जनभावनाको कदर गर्छु भन्नुभएको छ,’- एमाले नेता प्रदीप ज्ञवालीले शीतलनिवासको भेटबारे जानकारी दिँदै अनलाइनखबरसँग भन्नुभयो- ‘एमालेले सर्वसम्मत निर्णय गरेर असहमति जनाइसकेपछि आफू गम्भीर भएको राष्ट्रपतिले हामीलाई बताउनुभएको छ ।’
यो पनि पढ्नुस्
आइतबार शीतलनिवास पुगेका कनकमणि दीक्षीत, शम्भु थापा र टीकाराम भट्टराई लगायतको टोलीलाई पनि राष्ट्रपतिले संविधान र कानूनको कदर गर्ने बताउनुभएको थियो । तर, राष्ट्रपतिसँगको भेटमा नेपाल बारका उपाध्यक्ष टीकाराम भट्टराईले विगतमा रेग्मी सरकार गठनका बेलामा पनि राष्ट्रपतिले यस्तै आश्वासनमात्रै दिएको भन्दै अब यस्तो नहोस् भन्ने चेतावनी दिनुभएको थियो । कार्कीले निजामति सेवामा बिताएको समयावधि २० वर्ष नपुगेको अधिवक्ता शम्भु थापाले जिकिर गरेपछि सोमबार राष्ट्रपतिले कार्कीको फाइल झिकाएर रुजु गर्ने प्रयास गरेको स्रोतले बतायो । तर, ०४७ सालमा निजामति सेवामा प्रवेश गर्नुभन्दा अगाडिको अवधिलाई पनि गणना गर्ने संकेत शीतलनिवासले दिएको छ । त्यसरी गणना गर्ने हो भने कार्कीको सेवावधि २० वर्ष पुग्ने, अन्यथा १७ वर्षमात्रै पुग्ने स्रोत बताउँछ । ‘पेन्सनचाहिँ खुवाउन मिल्ने अनि तिम्रो सेवावधि २० वर्ष पुगेको छैन भन्न त मिलेन नि ।’ शीतलनिवास स्रोतले अनलाइनखबरसँग भन्यो ।
koyodevi-yamiकोयोदेवीमा बेग्लै समस्या
लोकसेवा आयोगको प्रमुखमा सिफारिस गरिएकी कार्यबाहक लोकसेवा प्रमुख कोयोदेवी यमीको सिफारिसमा पनि संवैधानिक प्रक्रिया नपुगेको शीतलनिवासले प्रारम्भिक निश्कर्ष निकालेको छ । अन्तरिम संविधानको धारा १२५ को उपधारा (३) मा लोकसेवा आयोगमा ५० प्रतिशत सदस्यहरु २० वर्ष सरकारी सेवा गरेकामध्येबाट नियुक्त हुनुपर्ने र बाँकी ५० प्रतिशत बाहृय क्षेत्रबाट गर्नुपर्ने प्रावधान छ । हाल लोकसेवामा ३ जान सदस्य छन् भने कोयोदेवी कार्यबाहक अध्यक्ष हुनुहुन्छ । यसअघि ०६५ सालमा लोकसेवाका पदाधिकारी नियुक्त गर्दाखेरि नै राष्ट्रपति कार्यालयले ५० प्रतिशतको यो संवैधानिक व्यवस्था मिलाउन संवैधानिक परिषदलाई भनेको थियो ।
तर, अहिलेसम्म यसलाई नमिलाइएकाले राष्ट्रपतिले यमीको सिफारिस फिर्ता पठाउने सम्भावना रहेको शीतलनिवास स्रोतले अनलाइनखबरलाई बतायो । ‘यमीलाई लोकसेवा प्रमुख बनाउँदा ५० प्रतिशतको संवैधानिक प्रावधान मिल्दैन ।’ स्रोतले भन्यो ।
हाल लोकसेवामा रहेका ३ पदाधिकारीमध्ये टीकादत्त निरौला मात्रै सरकारी सेवाबाट प्रतिनिधित्व गर्नुहुन्छ बाँकी सदस्य राजेन्द्रप्रसाद साह र यमी दुबैजनालाई राष्ट्रिय जीवनका अन्य क्षेत्रमा ख्याती कमाएका मध्येबाट ०६५ साल फागुन ५ गते नियुक्त गरिएको हो । निरौला पनि सोही मितिमा आयोगको सदस्य बन्नभएको हो । परिषदले सिफारिस गरेका मध्ये महालेका परीक्षक प्रमुखमा कांग्रेसको कोटाबाट पर्नुभएका पूर्व सचिव भानुप्रसाद आचार्यका बारेमा भने संवैधानिक जटिलता नदेखिएको शीतलनिवास स्रोतले अनलाइनखरलाई बतायो ।
लोकसेवामा नियुक्तिवारे संविधानमा यस्तो व्यवस्था छ :
2



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS