Widgets

अप्रिलमा पर्यटक आगमन घट्यो

Unknown | 19:27 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


 १९ वैशाख,  काठमाण्डौ  । पछिल्लो तथ्यांकले हवाइ मार्ग हुँदै नेपाल आउने पर्यटकको संख्या घटेको देखाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको तथ्यांक अनुसार यो वर्षको अप्रिल महिनामा हवाई मार्ग हुँदै नेपाल आउने पर्यटकको संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ८.९ प्रतिशत कम छ । तथ्यांक अनुसार अप्रिल महिनामा ५४ हजार १ सय १९ जना विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् ।
trekking-in-nepal1कार्यालयका अनुसार अप्रिल महिनामा गतवर्षको तुलनामा सार्क क्षेत्रका पर्यटक सबैभन्दा घटेका छन् । अघिल्लो वर्षको अपि्रल महिनामा भन्दा सार्क क्षेत्रबाट २१.६ प्रतिशत कम पर्यटक नेपाल आएका तथ्यांकले देखाएको छ । अप्रिलमा भारतीय पर्यटकको आगमन सबैभन्दा बढिले अर्थात् २५.३ प्रतिशतले घटेको छ जबकी बंगलादेशबाट आउने पर्यटकको संख्या भने अघिल्लो वर्षको अप्रिलको तुलनामा झण्डै १७ प्रतिशतले बढेको छ ।
तथ्यांक अनुसार अपि्रल महिनामा चिनबाट आउने पर्यटकको संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.६ प्रतिशतले बढेको छ । त्यस्तै मलेसिया, थाइल्याण्ड, अस्ट्रेलिया लगायतका देशबाट हुने पर्यटक आगमन बढेको छ भने जापान, दक्षिण कोरिया, सिंगापुर तथा युरोपेली पर्यटकको संख्यामा पनि कमी आएको छ ।
अध्यागमन कार्यालयका अनुसार अपि्रल महिनामा अन्तराष्ट्रिय विमानस्थलबाट ६६,१०७ जना विदेशी पर्यटक बाहिरिएका छन् । यो महिनामा ६२,४८८ जना नेपाली भित्रिएका र ७५,३२३ जना नेपाली बाहिरिएका तथ्यांकले देखाएको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS