Widgets

भृकुटीमण्डमा अपार्टमेन्टहरुको प्रतिस्पर्धा (फोटोफिचर

Unknown | 19:27 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१९ बैशाख, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि तेस्रो घर जग्गा मेला सुरु भएको छ । नेपाल जग्गा तथा आवास विकास सङ्घले आयोजना गरेको मेलाको भौतिक पूर्वाधार, यातायात र शहरी विकासमन्त्री छविराज पन्तले उद्घाटन गर्नुभयो ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पन्तले व्यवस्थित बसोबासको विस्तार गर्न मेलाले सकरात्मक सहयोग पुर्‍याउने बताउनुभयो ।
land hauging expo (1)
उहाँले घर जग्गा क्षेत्रमा देखिएका समस्याहरुलाई समधान गर्न सरकारले व्यवसायीहरुसँग सहकार्य गर्ने आश्वासन समेत दिनुभयो । त्यस्तै, सङ्घका अध्यक्ष इच्छाराज तामाङले विकासोन्मुख देशमा आर्थिक वृद्धि हुँदै जाँदा घरजग्गा तथा आवासीय क्षेत्रको कारोबार पनि बढ्दै जाने बताउनुभयो । पछिल्लो समय यस क्षेत्रमा उपभोक्ताको आकर्षण बढ्दै गएको उहाँको भनाई थियो ।
land hauging expo (2)
जग्गा तथा आवास क्षेत्रमा कहलिएका कम्पनीहरुको सहभागिता रहेको मेला बैशाख २२ गतेसम्म संचालन हुनेछ । मेलामा घरघडेरी तथा आवासको खरिद बिक्री हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार मेलामा १८ लाख रुपैयाँदेखि ७५ लाख रुपैयाँसम्मका जग्गा तथा आवासहरु प्रर्दशन तथा विक्रीमा राखिएको छ । मेलामा ग्राहकहरुलाई आˆनो स्टलतर्फ आकषिर्त गर्न कम्पनीहरुका बिचमा तिब्र प्रतिस्पर्धा भएको देखिन्छ । कम्पनीहरुले ठूलो धनराशी खर्च गरेर आफ्नो स्टलहरु निर्माण गरेका छन् ।
land hauging expo (3)
आयोजनाको पहिलो दिन नै मेलामा सर्वसाधरणको बाक्लो भिड लागेको देखिन्थ्यो । स्टलकर्ताहरुलाई आफ्नो उत्पादनको बारेमा जानकारी गराउन भ्याई-नभ्याई थियो । नेपालमा कारोबार गरिरहेका घरजग्गा तथा अपार्टमेन्ट कम्पनीमध्ये ८० प्रतिशत कम्पनीहरुको सहभागिता रहेको आयोजकले दाबि गरेको छ ।
मेलामा घर जग्गाको अलवा विभिन्न बैंकहरु, पेन्ट्स कम्पनीहरु, होम अप्लायन्सका समानहरु पर्दशन तथा विक्रीमा राखिएको छ ।
land hauging expo (4)
land hauging expo (5)
land hauging expo (6)
land hauging expo (7)



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS