Widgets

भ्रष्टाचार ठहर भए कारवाही भोग्न तयार छौं : डा. भट्टराई

Unknown | 03:18 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१८ वैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले आफु भ्रष्टचारको आरोपमा जस्तो सुकै आयोगलाई छानविन गराउन तयार रहेको बताउनु भएको छ ।
baburam bhattaraiबीबीसी हिन्दी सेवालाई दिएको अन्तर्वार्तामा भट्टराईले अस्तित्वको संकटमा रहेका केही समूहले सूचना प्रविधीको दुरुपयोग गरेर क्रान्तिकारी शक्तिको बदनाम गरिरहेको बताउनु भयो ।
पछिल्लो समय एमाओवादीलाई ‘क्यास माओवादी’ भन्न थालिएको छ नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो-’हामी कुनै पनि आयोगमा हाम्रोविरुद्ध लागेको आरोपको छानविन गराउन तयार छौं । हामी चुनौती दिन चाहन्छौं, छानविनमा हामी दोषी देखिए त्यसको सामना गर्न तयार छौं ।’
संक्रमणकाल लम्बिदाँ क्रान्तिकारी शक्तिमा केही निराशा देखिए पनि प्रचार गरिएजस्तो नभएको बताउनु भयो । अहिले पनि नेपाली जनताको भरोसा माओवादी नेतृत्वमाथि नै रहेको उहाँको भनाई छ ।
माओवादी उपाध्यक्ष भट्टराईले पार्टी विभाजनपछि पनि अब हुने चुनावमा एमाओवादी सबैभन्दा ठूलो दल बन्ने दावी गर्नु भएको छ । मोहन बैद्य किरण समूहले लिएको राजनीतिक लाइन सही नभएको भन्दै उहाँले चुनाव अघि नै बैद्यसहितका धेरैलाई पार्टीमा फर्काउन प्रयास गर्ने बताउनु भयो ।
प्रचण्ड-बाबुराम भारतीय राजदूतलाई भेटन दूतावासमै पुग्ने गरेको भन्ने आरोपको खण्डन गर्दै भन्नुभयो-’प्रधानमन्त्री हुँदा म कहिले पनि दूतावासका कार्यक्रममा गएको छैन, त्यसो गर्नु प्रोटोकलले पनि दिँदैन । प्रधानमन्त्री नभएका बेला कहिले हामीले उहाँलाई चिया पिउन बोलाउँछौं, कहिले उहाँले बोलाउनुहुन्छ हामी जान्छौं, यसलाई प्रचार बिषय बनाउनु हुँदैन ।’
जनयुद्धका बेला भारतले कहिले पनि माओवादीलाई सहयोग नगरेको बरु उल्टै आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरी नेपालसमक्ष बुझाएको भट्टराईको भनाई छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS