Widgets

दल दर्ता गर्दैमा निर्वाचन हुन सक्दैनः उपेन्द्र यादव

Unknown | 03:18 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१८ बैशाख, काठमाडौं । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यथास्थितिमा निर्वाचन हुन नसक्ने बताउनु भएको छ । यद्यपी निर्वाचन आयोगमा दल दर्ता भने गर्ने उहाँले प्रष्ट पार्नुभयो ।
Upendra Yadavरिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा फोरम अध्यक्ष यादवले भन्नुभयो-’चार दलका महापण्डितले मंसिरमा निर्वाचन गर्छौं भनेर जनतालाई ढाट्दैछन । यथास्थितिमा चुनावै हुँदैन । चुनाव भए पनि त्यसले संविधान बनाउँन सक्दैन । राजनीतिक द्धन्दलाई यथावत राखेर गरिने निर्वाचनले निकास दिन सक्दैन ।’
आफूहरु चुनावको विरोधी नभएको भन्दै उहाँले संकट समाधान गर्ने र द्धन्द्ध समाधान गर्ने गरी निर्वाचन गर्नु पर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो-’निर्वाचनलाई ईन्कार गर्न सकिदैन । निर्वाचन लोकतन्त्रको आयाम हो । तर यो निर्वाचन आवधीक नभई संविधानसभाको हो भन्ने कुरा भुल्नु हुँदैन ।’
भारतको तर्फबाट आएको भनिएको भाषाको आधारमा नेपालमा संघीयता हुन नसक्ने भन्दै फोरम अध्यक्ष यादवले भाषा जाती लगायतका कुनै एक आधारमा हुने संघीयता टिकाउन नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’पहिचान सहितको संघीयता हुनुपर्छ । पहिचानको आधार भाषा, सस्कृति, जाती जे पनि हुन सक्छ तर आर्थिक सम्भाब्यता पनि हुनु पर्छ यो विनाको संघीयता नेपालमा टिक्ने वाला छैन । बाँकी गफाडिका गफ हुन्, यसको कुनै अर्थ छैन ।’ एमाओवादी अध्यक्ष प्रचण्डले भाषाको आधारमा संघीयता बनाउन भारतले सुझाव दिएको भनि दिएको अभिब्यक्ति संघीयता समाप्त पार्ने षडयन्त्र भएको उहाँले दावी गर्नुभयो ।
कार्यक्रममा नेकपा-माओवादीका सचिव देब गुरुङले राष्ट्रपतिले जारी गरेको २५ बुँदे आदेशका आधारमा सुरु भएको दल दर्ता प्रक्रियामा भाग नलिने बताउनु भयो । यथास्थितिमा पेलेर निर्वाचन गर्न खोजे आफ्नो पार्टीको स्पष्ट नीति भएको र त्यसमा अघि बढ्ने भन्दै जनविद्रोह गर्ने संकेत गर्नुभयो । उहाँले भन्नुभयो-’पेलेर गर्न खोजे हाम्रो पार्टीको लाईन स्पष्ट छ । त्यसै अनुसार अघि बढ्छौ । फासीबादी चुनाव त पञ्चायतमा र राजा ज्ञानेन्द्रले पनि गरेका थिए । के हालत भयो तपाईहरुलाई थाहाँ नै छ ।’



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS