Widgets

समसुङ ग्यालेक्सी एस-४ आइतबारदेखि नेपाली बजारमा

Unknown | 19:28 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१९ बैशाख, काठमाडौं । आँखाको गतिबाट स्क्रीन नियन्त्रण गर्न सकिने सामसुङको नयाँ स्मार्टफोन ग्यालेक्सी एसफोर आइतबार नेपाली बजारमा सार्वजनिक हुने भएको छ । तीनवटा मोडलमा उपलब्ध एसफोरको १६ जीबी आन्तरिक मेमोरी क्षमता भएको मोडल नेपाली बजारमा आउँदै छ । जस्को मूल्य नेपालमा ७१ हजार ९ सय रुपैयाँ पर्नेछ ।
samsung
सामसुङ मोबाइलको नेपलका लागि आधिकारीक विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले गतहप्तादेखि नै बुकिङ सुरु गरिसकेको छ । त्यस्तै, एनसेलसँगको सहकार्यमा भर्जिन मोबाइलले पनि नेपाली बजारमा एसफोरको विक्री वितरण गर्ने भएको छ । भर्जिन मोबाइलका प्रबन्ध निर्देशक विवेक शर्माले आइतबारदेखि नै एसफोरको बुकिङ सुरु गरिसकेको बताउनुभयो ।
यस स्मार्टफोनमा ‘स्मार्ट स्टे’ र ‘स्मार्ट पज’ लगायतका नयाँ सुविधाहरु जडान गरिएको छ । यीनै सुविधाका कारण यस स्मार्टफोनमा भिडियो हेर्दा स्क्रीनले आँखाको गतिअनुसार प्रतिक्रिया जनाउँछ । यस स्मार्ट फोनको स्क्रीनबाट आँखा बाहिर लैजाँदा चलिरहेको भिडियो आफै रोकिन्छ भने आँखा स्क्रीनमा ल्याउँदा भिडियो आफै चल्न थाल्छ । यहि सुविधा प्रयोग गरेर स्क्रोल तलमाथी सार्न समेत सकिने कम्पनीले जनाएको छ । नेपाली बजारमा गत आइतबारदेखि नै बुकिङ खुल्ला गरिएको आइएमएस र भर्जिन मोबाइलले जनाएका छन् ।
के छन नयाँ सुविधाहरु ?
५ इञ्च एमोलिड टचस्त्रिmन भएको यस स्मार्टफोनको रिजोलुसन १०८०-पी रहेको छ । स्मार्टफोनमा गुगल एन्ड्रोइड अपरेटिङ सिस्टमको ४.२.४ जेलिबिन अपरेटिङ सिस्टम रहेको छ । दुई गिगाबाइट र्‍याम रहेको ग्यालेक्सी एसफोरका १६ जीबी, ३२ जीबी र ४६ जीबी अन्तरिक मेमोरी रहेका तीनवटा मोडल छन् । स्मार्टफोनको ब्याक साइडमा १३ मेगापिक्सेलको अटो फोकस क्यामेरा जडान गरिएको छ भने फ्रन्ट साइडमा २ मेगा पिक्सेल क्यामेरा जडान गरिएको छ ।
१.९ गिगाहर्जको क्वाड कोर प्रोसेसर रहेको यस स्मार्टफोनमा पावर भिआर एसजिएक्स ५४४ एमपिथ्री ग्राफिक्स प्रोसेसिङ युनिटको सुविधा रहेको छ । यसमा डुअल सट, एचडी भिडियो, स्माइल डिटेक्सनलगायतका सुविधाहरु रहेका छन् । स्मार्टफोनमा २ हजार ६ सय एमएएचको ब्याटि्र रहेको हुँदा व्याकअप धेरै दिनेछ ।
स्मार्टफोनमा रहेको एस हेल्थले विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधीको जानकारी दिनेछ । यसमा वाइफाई, ब्लुटुथ, जिपिएस, कल ब्लक मोड, क्विक रेस्पोन्स, एस ट्रान्सलेटर लगायतका सुविधाहरु रहेको कम्पनीले जनाएको छ । यस मोबाइलमा एनसेलले बिमा र तीन महिनाका लागि एक जीबी डाटा निःशुल्क उपलब्ध गराउने भएको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS