Widgets

रेग्मीले प्रमुख निर्वाचन आयुक्तलाई सोधे- चुनावको तयारी कहाँ पुग्यो ?

Unknown | 16:46 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१३ बैशाख, काठमाडौं । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचन आयोगका पदाधिकारीहरुलाई चाँडोभन्दा चाँडो निर्वाचनको प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको छ ।
शुक्रबार बिहान आयोगका पदाधिकारीहरुसँगको छलफलमा रेग्मीले अहिलेको सरकार निर्वाचन प्रयोजनका लागि गठन भएको भन्दै तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभयो । उहाँले निर्वाचनको तयारी कहाँ पुग्यो ?, आयोगले जारी राखेको प्रक्रिया कहाँ पुग्यो ? भन्ने विषयमा जिज्ञासा राख्नुभएको उहाँका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो ।
सरकार निर्वाचनको मिति तोक्ने तयारीमा रहेको भन्दै अध्यक्ष रेग्मीले त्यसअघि आयोगको तयारीबारे जानकार रहन खोजेको बताउनु थियो । उहाँले सरकार निर्वाचन प्रक्रियाका लागि तत्पर भएर लागेको स्पष्ट पार्दै उहाँले सरकारको ‘स्पिरिट’अनुसार काम गर्नसमेत आयोगलाई निर्देशन दिनुभएको थियो । उहाँले सरकारले निर्वाचनका लागि अत्यावश्यक मानिएका ऐन तथा नियम केही दिनमै पारित गर्ने जानकारीसमेत गराउनु भएको थियो ।
प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले आयोगले एकाध बाहेकका स्थानमा मतदाता नामावली सङ्कलन तथा नागरिकता वितरणको कामलाई अगाडि बढाइरहेको र जनताले दुवै कामलाई अत्यन्तै सहजताका साथ सहभागी भएर सहयोग गरिरहेको जानकारी गराउनुभएको थियो । उहाँले सरकारले ऐन तथा नियम पारित गरिदिए अरु काम पनि अगाडि बढाउन सहज हुने धारणा राख्नुभएको थियो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS