Widgets

हास्यव्यंग्य – बाबाजीको सुपरमार्केट

Unknown | 16:22 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


नयाँ ‘धन्दा’को बारेमा सोच्दै हुनुहन्छ ? सोच्दै हुनुहुन्छ भने सोच्न छोड्नोस्-र, ‘बाबागिरी’ थालिहाल्नोस् । नाम, दाम र सम्मानको सबैभन्दा सजिलो बाटो यही नै हो । ‘खडेबाबा’, ‘लडे बाबा’ ‘फलहारीबाबा’, ‘जलहारीबाबा’, ‘सर्वहारीबाबा’, ‘योगीबाबा’, ‘रोगीबाबा’, ‘भोगीबाबा’, ‘संभोगीबाबा’, ‘उदासीबाबा’, ‘बिन्दासीबाबा’, ‘सोमरसीबाबा’, ‘फलाहारीबाबा’, ‘जलहारीबाबा’, ‘औतारीबाबा’, ‘दौंतरीबाबा’, ‘कालबाबा’, ‘त्रिकालबाबा’, ‘अनिकारबाबा’, ‘निकालबाबा’, ‘संसारीबाबा’, ‘अन्सारीबाबा’, ‘भंसारीबाबा’, ‘पाइलटबाबा’, ‘खलाँसीबाबा’, ‘कालीबाबा’, ‘सालीबाबा’, ‘जालीबाबा’- कस्तो ‘बाबा’ बन्ने हो, अहिल्यै निर्णय गर्नोस् ।
manojप्रेम असफल हुँदा, विवाह बिफल हुँदा, जुवामा टुप्पी डुब्दा, ‘ढुकुटी’मा पुच्छर चुँडिंदा, ब्यापार चौपट हुँदा, राजनीति पञ्चट पर्दा, निरासाले घेर्दा, मानसिक समस्याले पिरोल्दा खेलमा हार भयो वा ब्यापार चौपट बन्यो, राजनीतिमा पछारियो वा नैतिकता लछारियो-तपाईं ठान्नुहोस्, अब तपाईंका सुखका दिन शुरु भए । असफलता नै ‘बाबा’ बन्ने उत्तम अवसर हो । याद रहोस मैले छोराछोरीको बाबाको कुरा गरेको हैन, भक्तहरुको ‘बाबा’को बारेमा भनिरहेको छु । ‘बाबा’ भन्नु, सत्यको खोजीमात्रै हैन, एउटा बहुराष्ट्रिय कम्पनी खोल्नु पनि हो ।
‘बाबा’ बन्ने उपाय एकदमै सरल छ । प्रेम असफल हुँदा, विवाह बिफल हुँदा, जुवामा टुप्पी डुब्दा, ‘ढुकुटी’मा पुच्छर चुँडिंदा, ब्यापार चौपट हुँदा, राजनीति पञ्चट पर्दा, निरासाले घेर्दा, मानसिक समस्याले पिरोल्दा- प्रेम असफल हुँदा, विवाह बिफल हुँदा, जुवामा टुप्पी डुब्दा, ‘ढुकुटी’मा पुच्छर चुँडिंदा, ब्यापार चौपट हुँदा, राजनीति पञ्चट पर्दा, निरासाले घेर्दा, मानसिक समस्याले पिरोल्दा – ‘उपचार’को साटो ‘अन्धबिश्वास’लाईे पछ्याउनोस् । बन्न सबैभन्दा परिवारबाट पलायन हुनोस् । समाजबाट ‘डिस्कनेक्ट’ रहनुहोस् । दाह्री पाल्नोस् । कपडा फाल्नोस् । लट्टा पाल्नोस् । ‘हातको सफाई’ सिक्नोस् ।
तपाईं हिड्दा अरुलाई यस्तो लागोस् कि रोबोट हिडिरहेको छ । तपाईंको पोशाक यस्तो होओस् कि, अर्कै ग्रहको प्राणी जस्तो देखियोस् । हिडाईं, बोलाई, चाल, ढाल बिल्कुल अनौठो बनाउने प्रयास गर्नुहोस् । मानिसलाई यस्तो भ्रम होस् कि, तपाईं उहिले जुवामा घरजग्गा हारेर बेपत्ता भएको ‘बैकुण्ठ प्रसाद’ हैन, बिसौंबर्ष अन्र्तध्यान बनेर प्रकट हुनु भएका ‘त्रिकालदर्शी बैकुण्ठेश्वर बाबा १००२५’ नै हुनुहुन्छ ।
याद राख्नोस्, ‘बाबा बिजनेस’ शुरु गर्नुपूर्व केही बिश्वासिला ‘अन्धबिवस्वासी’ खोज्नोस् । पुराना जाँड पार्टनरहरु भेला पार्नोस्, अन्धबिश्वासीहरुको मिटिङ् बसाल्न लगाउनोस् । धर्मलाई ब्यापार बनाएर धार्मिकताकै धज्जी काड्नेहरुसँग संपर्क कायम गर्नुहोस् । भ्रष्ट कर्मचारीहरुसँग साइनो जोड्नोस् । पित्त पत्रकारहरुलाई निमन्त्रणा गर्नुहोस् । उपरोक्त ‘महान् नागरिक’हरु अगुवाईमा एउटा ‘पन्थ’ खडा गर्नुहोस् । ठुला ठुला पत्रिका , टिभी र वेभ साइटहरुमा समाचार छपाउनोस्-’सर्बज्ञाता, श्रृष्टिकर्ता, दुखहर्ता, अलौकिक ज्ञाता बाबा बैकुण्ठेश्वर प्रकट हुनु भयो ।’
तिनै ‘चण्डाल चौकडी’ मार्फत् लेख्न लगाउनोस्- ‘बाबाले छुनासाथ तपाईंको जागीर पक्का हुन्छ ।’ कुनै बिश्वासिलो अन्धबिश्वासी हाकिम मार्फत् एक/दुईवटा जागीर लगाई दिएझैं पनि गर्नोस् । ज्वरोले सिकिन्त भएको सोझो नागरिकलाई बुटीभित्र ‘सिटामोल’ मिसाएर खुवाउनोस् । टिभीमा फुक्न लगाउनोस्- ‘बाबाको बुटीद्धारा दिर्घरोग चट् π’, आफुलाई शक्तिशाली ठान्नेहरु सधैं असुरक्षित ठान्छन् । बाबाको प्राणरक्षक यन्त्रले ‘नमरुन्जेल कुनै शक्तिले केहीपनि बिगार्दैन’ भन्ने ‘अन्ध’ बिश्वास दिलाउनोस् । केही नेता, मन्त्री र प्रशासकहरुलाई हातमा लिनोस् । यति भएपछि तपाईंको ‘बाबागिरी’लाई सकैले रोक्न सक्नेछैन ।
 मानसिक शान्ती, बिश्व बन्धुत्व, सकारात्मक शन्देश बोकेका ‘रियल बाबा’हरुले कैलेकाहीं तपाईंको ‘बिजिनेस’मा ब्यवधान खडा गर्न सक्छन् । नआत्तिनोस्, तपाईं वरिपरी ठुला ठुला पत्रकार, नेता र मन्त्रीहरु हुनुहुन्छ । सक्कली बाबाहरुभन्दा तपाईं बलियो यस मानेमा हुनुहुन्छ कि- नेता, ब्यापारी र तपाईंको उद्धेश्य ठ्याक्कै मिलेको छ ।
‘बाबा’ अहिलेको सबैभन्दा ‘बिकाउ बिजनेस’ हो । जहाँ मौलन्छ अन्धबिश्वास-त्यहाँ हुन्छ बाबाहरुको निवास । तपाईंलाईं लाग्ला- ‘बाबा’ बन्न आफ्नै खाने बिचार चाहिन्छ । चाहिंदैन । गीताको एउटा श्लोक टिप्नोस् । बुद्धको कुनै बाणी झिक्नोस् । एउटा जिससको शन्देश चुन्नोस् । मोहम्मदको एउटा हरम खोज्नोस् । साथमा, माक्र्सको एउटा बोल्नोस् । एकलाईन् ओशोका भनाईपनि थपिहाल्नोस् । यी सबै बिचार, सिद्धान्त र धारणाहरुलाई एकैठाउँमा बोल्नोस्- अब तपाईंको आफ्नै ‘पन्थ’ तयार भयो । अब तपाईं एउटा अलग्गै धारको ‘बाबागिरी’को सुपरमार्केट शुरु गर्न सक्नुहुन्छ । बिस्तारै त्यसलाई बहुराष्ट्रि्य कंपनी बनाउनोस् । धन्यवाद ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS