Widgets

चुनावपछि एमाओवादी बत्ति बालेर खोज्नुपर्छः खनाल

Unknown | 16:22 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !



१४ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी संविधानसभा निर्वाचनपछि एमाओवादी समाप्त हुने चेतावनी दिनु भएको छ ।
jhalanath khanal
एमाओवादी अध्यक्ष प्रचण्डले एमाले नामको पार्टी नै नरहेको बताएको केही दिनपछि खनालले अब माओवादीको युग समाप्त भएको घोषणा गर्नुभयो ।
‘अब माओवादीको युग सकियो । उसमा जुन प्रकारको आकर्षण थियो, हिंसाको शक्ति थियो । अब ती आतंकका युगहरु समाप्त भए’ नयाँ वर्ष र लोकतन्त्र दिवसको अबसरमा एमाले रामकोट गाउँ पार्टी कमिटीले शनिबार गरेको कार्यक्रममा खनालले भन्नुभयो-’अघिल्लो संविधानसभा निवार्नचन पछि भदौको भेल भएर आएको थियो । अब समाप्त हुँदै गएको छ । अबको निर्वाचनपछि कतो गो भनेर बत्ति बालेर खोज्नुपर्छ ।’ खनालले अबको चुनावमा माओवादीले बहुमत ल्याए अराजकता र विखण्डनमा जान सक्ने चेतावनी समेत दिनुभयो ।
एमाले अध्यक्ष खनालले लोकतान्त्रिक शक्तिबीच गठबन्धन हुने सम्भावना रहेको बताउनुभयो । मुलुकमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि संविधान निर्माणको कार्यलाई पूरा गर्न जरुरी रहेको र त्यसका लागि संविधानसभाको निर्वाचनको विकल्प नरहेको उहाँले बताउनुभयो ।
एमाले अध्यक्ष खनालले नेता कार्यकर्तालाई एकढिक्का भई निर्वाचनमा सहभागी हुन निर्देशन दिनुभयो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS